विश्व बैंकबाट १६ अर्ब ३७ करोड सहयोग उपलब्ध हुँदै

Nov 27, 2019 10:12 AM RSS



विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ ।

 

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव राजन खनाल र यहाँस्थित बैकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।