१८ जनवरीसम्म भारतको उत्तरप्रदेश स्थित इन्डिया एक्स्पो मार्टमा अटो एक्स्पो चल्ने छ। नेपाली व्यवसायीसंगै मिडियाकर्मी एक्पोमा सहभागीता जनाएका छन्। एक्स्पोमा कार उत्पादक, दुईपांग्रे उत्पादक, विद्युतीय सवारी उत्पादकका प्रोडक्ट प्रदर्शनीमा राखिएको छ।
कोभिड माहामारीको कारण २ वर्ष अटो एक्स्पो हुन सकेको थिएन। २०२० मा नोयडामा अटो एक्स्पो भएको थियो। त्यसपछि २०२३ मा हुन लागेको आयोजकले जनाएको छ।
एक्स्पोमा मारुती सुजुकी, हुन्डाई मोटार्स, किया, टोयटा, किर्लोस्कर, टाटा मोटर्स, एमजी, एसएमएल सुजुकी लगायतका ब्रान्डको उपस्थिती रहेको छ। महिन्द्रा एन्ड लक्जरी गाडी उत्पादकले भने उपस्थित छैनन्।
बुधबारदेखी शुरु भएको एक्स्पोमा भारतमै गाडी उत्पादन गर्ने कम्पनीहरुले नयाँ गाडीहरु सार्वजनिक गरेका छन्। पेट्रोल र डिजेलका गाडी उत्पादन गर्ने कम्पनीले विद्युतीय गाडी बजारमा ल्याएका छन्।
जसमा मारुती सुजुकीको कन्सेप्ट इलेक्ट्रिक एसयुभी ईभीएक्ससंगै ग्रान्ड भिटरा, ब्रेजा नयाँ भर्जन सार्वजनिक भएको छ।
त्यस्तै टोयटाको विद्युतीय गाडी विजेटफोरएक्स, लेजेन्डर, इनोभा हाईक्रस रहेका छन्। एमजीको एक्टोर, मार्भल आर रहेका छन्।
हुन्डाई आयोनिक सिक्स र टाट पञ्च इभी, अभिना कन्सेप्ट कार सार्वजनिक भएका छन्। कियाको ईभी ६ प्रोडक्सन, ईभी ९ कन्सेप्ट कार प्रदसनीमा राखिएको छ।
लक्जरियर्स ब्रान्ड लेक्ससको आरएक्स आकर्षक रहेको छ।























