एचआईडिसीएलको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी पनि थोरै बढ्यो

Aug 13, 2024 06:21 AM Merolagani



एचआईडिसिएल अर्थात हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधमिा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि झिनो सुधार भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ।

२२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ कराेड रुपैयाँ सञ्चित छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।