गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २५.०३ प्रतिशत र सञ्चालन मुनाफा १३.६९ प्रतिशत घटेको छ।
नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने समीक्षा अवधिमा बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ८२६.६५ गुणा बढेको छ भने कर्जा १८.९० प्रतिशत बढेको छ।
