कीर्तिपुरमा कारभित्र जलेका व्यक्ति ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेकाे रहस्य खुल्याे

Jul 21, 2026 05:08 PM Merolagani



कीर्तिपुरमा कारभित्र जलेका व्यक्ति कार मालिक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेकाे रहस्य खुलेकाे छ । उनी काठमाडौंको नरदेवी बसाेबार गर्दै आएकाे पहिचान प्रहरीले गरेकाे छ ।

बा५च ३०३८ नम्बरको सेतो कार मंगलबार कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो । उक्त कार पनि श्रेष्ठकै नाममा रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ।

कार चालक बाहिर नओर्ली भित्रबाट नै आगो लागेको देखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । कारको चालक सिटमा जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।