प्राधिकरणले म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित यो बीमाको दायरामा आएको जनसंख्याको प्रतिशत प्रकाशित गरेको हो । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य जीवन बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार बीमा, म्यादी र लघु म्यादी बीमाबाहेक हिसाब गर्दा बीमाको दायरामा १६ दशलब ९८ प्रतिशत छ भने म्यादी, लघु म्यादी र वैदेशिक रोजगारसमेतलाई समेतदा भने ४७ दशमलब ९७ प्रतिशत पुग्ने प्राधिकरणले जनाएको छ ।
बीमा व्यवसायमा साढे १४ प्रतिशतको वृद्धि
बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ प्रतिशतले बढेर २ खर्ब रुपैयाँ बराबर पुगेको छ । तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म जीवन र निर्जीवन बीमकले कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँको व्यवसाय गरेका छन् । गत वर्षको जेठ मसान्तसम्म बीमा कम्पनीहरुले १ खर्ब ७० अर्ब रुपैयाँको व्यावसाय गरेको थियो ।
चालु आर्थिक वर्षको जेठसम्मको कुल व्यवसायमा जीवन बीमाको हिस्सा ७९.५५ प्रतिशत र निर्जीवन बीमाको हिस्सा २०.४५ प्रतिशत रहेको छ। अघिल्लो यस्तो हिस्सा जीवन बीमाको ७८.५३ र निर्जीवन बीमाको २१.४३ प्रतिशत रहेको थियो।
हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्म १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए।
चालु आर्थिक वर्ष जेठसम्म जीवन कम्पनीहरुले ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २७ अर्ब ७० करोड ५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए।
चालु आवको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५४ लाख ९८ हजार ७०१ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ४० लाख ८९ हजार ७७७ वटा थियो। बीमालेख संख्या १० प्रतिशतले बढेको छ।
त्यस्तै चालु आर्थिक वर्षको जेठसम्म निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। गत वर्ष जेठ मसान्तसम्म कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५५ लाख ३६ हजार ४४९ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५७ लाख २७८ वटा थियो।
चालु आर्थिक वर्षको जेठसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७४ लाख २१ हजार २९४ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ४० हजार ९५८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख २२ हजार २६२ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २० लाख ६७ हजार २३७ वटा थियो।