कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानविन गर्ने संसदीय समितिको संयोजकमा काँग्रेस सांसद परियार

Jul 07, 2025 06:20 PM merolagani



संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीबारे छानविन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानविन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घोषणा गरेका हुन् । समितिको संयोजक नेपाली काँग्रेसका सांसद जीवन परियार तोकिएका छन् । सभामुख घिमिरेका अनुसार समितिमा नेपाली काँग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन्  । 

समितिलाई छानविन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए । 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।