हिमालयन बैंक लिमिटेड (HBL) ले असार ३२ गतेदेखि थप सर्वाजिनक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।