अघिल्लो वर्षको सोही अवधिमा भन्दा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको प्रतिवेदनले यस्तो औंल्याएको हो । राष्ट्र बैंकका अनुसार, २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तोआप्रवाह रु.१ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।