विदेशी मुद्रा सञ्चिति बढ्दो लयमा, जेठसम्म पुग्यो २५ खर्ब ६९ अर्ब

Jul 08, 2025 12:56 PM Merolagani



रेमिट्यान्सको वृद्धिसँगै नेपालको विदेशी मुद्रा सञ्चिति बढदो क्रममा रहेको छ । चालु आवको जेठ मसान्तसम्म २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो वर्षको जेठ महिनाको तुलनामा २५ दशमलब ९ प्रतिशतले बढी हो ।

अमेरिकी डलरमा यो सञ्चिति १८ अर्ब ६५ करोड डलर रहेको छ जुन चालु आवको शुरुवातको तुलनामा २२ दशमलब २ प्रतिशतले बढी हो । २०८१ को असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर मात्रै वैदेशिक मुद्रा सञ्चिति थियो ।

कुल विदेशी सञ्चिति मध्ये राष्ट्र बैंकसँगै जेठ मसान्तसम्म २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९४ अर्ब ९२ कराेड रुपैयाँ छ । कु्ल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश साढे २० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालको ११ महिनाको आयातलाई आधार मान्दा अहिलेको विदेशी मुद्रा सञ्चितिले १७ दशमलब ६ महिनाको वस्तु आयात तथा १४ दशमलब ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको विश्लेषण छ । विदेशी मुद्रा सञ्चिति नेपालको जीडीपी ४२ दशलमब १ प्रतिशत पुगेको छ भने कुल आयातसँगै १ सय २२ दशमलब ९ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३४ दशमलब १ प्रतिशत कायम भएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।