प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Jul 16, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५९ अंक घटेर २७५९.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ६८ स्टकको १०८ पटकको कारोबारमा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ ५० पैसाबराबरको ८९ हजार ३९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।