प्रि ओपन सेसन अपडेटः करिब ४ अंक बढ्यो नेप्से

Jul 24, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९७ अंक बढेर २९८२.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७५ स्टकको १४४ पटकको कारोबारमा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ ८० पैसाबराबरको २८ हजार ८३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।