नाइमा मोबिलिटी एक्स्पोको तयारी पूरा, उत्कृष्ट भिडियो बनाउनेले पाउने छन् एक लाखकाे पुरस्कार

Jul 28, 2025 05:37 PM merolagani



आगामी साउन २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ । 

एक्स्पोको मूल आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा) ले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको विस्तृत जानकारी दिएको हो । एक्स्पोमा विभिन्न ५० भन्दा बढी ब्रान्डका नयाँ गाडीहरुको उपलव्ध हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाइ आएमईमात्र भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ । पाँच दिन सम्म चल्ने प्रदर्शनीमा टिकेटिङ पार्टनरका रुपमा खल्ती बाइ आएएमइ, वेभरेज पार्टनरका रुपमा माउण्टेन ड्यू, बृविङ्ग पार्टनरका रुपमा हिमायन जाभा, राइड पार्टनर पठाओ, सर्वेलेन्स पार्टनर एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिङ्क, हस्पिट्यालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरका रुपमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रर्दशनीका आगन्तुकलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरिएको पत्रकार सम्मेलनका अवसरमा जानकारी दिइएको थियो । राइड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्इ भएका राइडरहरुमा ३० प्रतिशतसम्मको छुट दिने र मेडिकल पार्टनरका रुपमा फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसे घण्टा एम्बुलेन्सको व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।

एभरेष्ट बैंक र नेशनल इन्सोरेन्सहरु प्रदर्शनीको मूख्य प्रायोजक संस्थाका रुपमा रहने जनाइएको छ । यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगित समेत सार्वजनिक गरिने समेत आयोजकले जनाएको छ । यो प्रतियोगित साउन २१ सम्म नाइमा अटो एक्स्पो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक जना उत्कृष्ट प्रतिष्पर्धीलाई एक लाख र साउन २१ गतेदेखि २५ गतेसम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाइ १० हजार रुपैयाँ नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीको पहिलो दिन पूर्वबैंकर अनिल केशरी शाहले मोबिलिटी हिजो, आज र भोलि विषयमा ज्ञानवर्द्धक सत्र सञ्चालन गर्नेछन् । पहिलो दिन दिउँसो २ देखि ५ बजेसम्म शाहले ज्ञानप्रवर्द्धक सत्र सुचारु गर्नेछन् । अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इष्ट्रिच्युट अफ रोड ट्राफिक एजुकेसन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञहरुको उपस्थिति रहनेछ ।

पत्रकार सम्मेलनका नाइमा अध्यक्ष रितु सिंह बैद्यले आयोजना हुने प्रदर्शनी नेपालकै सवैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । पाँच दिने प्रर्दशनीले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको सहभागीतमा प्यानल डिस्कसन चल्ने र त्यसले नेपालको अटोमोबाइल क्षेत्रका लागि महत्वपूर्ण बन्ने बताइन् ।

नयाँ प्रविधि र मोडलहरुका सवारी साधनहरु सार्वजनिक हुने, विद्युत्तीय सवारीदेखि नविनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने एक्स्पो समिति प्रमुख शिरिषकुमार मुरारकाले जानकारी दिए । उनले प्रदर्शनीमा १५ वटा दुइ पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्शियल गाडीहरु सार्वजनिक हुने बताए ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजकहरु एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रवन्धक विष्णुप्रसाद ज्ञवाली र नेसनल लाइन एन्सोरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्भ व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालाीको विकास सँगै काम गर्ने प्रतिवद्धता जनाए ।

सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पो समिति सदस्य गैरव सारडाले उद्घाटन मन्तव्य र एक्स्पोको विशेषता, लक्ष्य र दृष्टिकोणबारे जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन भने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए ।




यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM

मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।