नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

Aug 01, 2025 09:45 AM Merolagani



नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।