बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Aug 06, 2025 10:48 AM Merolagani



बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

C7# कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।