नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री पाैडेलले भने-'पूर्व-पश्चिम राजमार्गले मात्र हाम्राे माग पूरा नभएकाले अरु राजमार्ग बनाउँदै छाैं'

Aug 06, 2025 12:07 PM Merolagani



उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

बुधवार नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे ।

उनले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए । उनले सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराए ।

आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए । उनले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व—पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व—पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ । झापाको काँकडभित्तादेखि कञ्चपुरसम्म हामीले सडक स्तरोन्नति गर्दैछौँ । विभिन्न ठाउँमा काम शुरु भइरहेको छ । हामीले हुलाकी सडक लामो समयदेखि प्रतिक्षा गरिएको सडकको कामलाई निर्माण गरिरहेका छौँ । हामीले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दैछौँ । त्यो लोकमार्ग पनि औसत स्तरको होइन, साँच्चिकै मध्यपहाडको यातायातको विकास गर्ने दृष्टिकोणले महत्व राख्ने सडकका रुमपा विकास गर्दैछौँ । शहरी पूर्वाधारहरुमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ । शहरी पूर्वाधार, शहरमा धुलो र हिलो रहित सडक बनाउँछौँ । एउटा यस्तो समय थियो, सडकमा निस्किएपछि त्यहाँ कि त धुलो हुन्छ, कि त हिलो हुन्छ । धुलो बिनाको सडक, हिलो बिनाको सडक हुन्छ भनेर नेपालीले आफ्नो आँगनमा देख्न नपाउने अवस्था थियो । अब हामी सडक पूर्वाधारको सन्दर्भमा धुलोरहित र हिलो रहित सडकको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रुमपा सार्थक तुल्याउँदै छौँ । सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताए । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने बताए ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।