प्रतिरोध क्षेत्रमा सुपर मादी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Aug 09, 2025 06:42 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ। गत साता ३७९७.९७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ७७.९० अंक घटेर ३७२०.०७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL)।

यस साता सो कम्पनीको शेयरमूल्य ४४ रुपैयाँ ५४ पैसा घटेको छ। गत साता १ हजार १४१ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको अन्तिम शेयरमूल्य, यस साताको अन्तिम कारोबार दिन १ हजार ९७ रुपैयाँ २९ पैसा कायम भएको छ।

 

प्रतिरोध क्षेत्रमा

यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध क्षेत्र पुगेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र १ हजार ९० देखि १ हजार १४५ सम्म रहेको छ। गत सातादेखि कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र परीक्षण गरिरहेको थियो। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा ८५५ देखि ९०५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले गत साता कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम दुई कारोबार दिन भने कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको थियो। जसले ती दिनहरुमा कम्पनीको शेयरमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा हालसम्म ८ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ६ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २३ हजार ३३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ३७ हजार १९६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ३८.०७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। र यी दुबै रेखाहरु बीचको दूरी बढ्दो क्रममा रहेको छ। यस साता कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.७७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड २ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९४ करोड ५५ लाख रुपैयाँबाट घटेर ७४ करोड १२ लाख रुपैयाँमा झरेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५६ करोड ७९ लाखबाट घटेर ३६ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

गत चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ६५ पैसा रहेको छ। यस साताको अन्तिम मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २०६.६५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १०.४२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको २ करोड २० लाख ५० हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण २४ अर्ब १९ करोड ५२ लाख ४४ हजार ५०० रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य १ हजार ८ रुपैयाँ ६४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ६५७ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५५७ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर ६५ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६५ ले कम्पनीको सबैभन्दा शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ५२ हजार २७० कित्ता शेयर खरिद गरेर ८० हजार ६३ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर १९ ले कम्पनीको १७ हजार ७२१ कित्ता शेयर बिक्री गरेर २० हजार ४४५ कित्ता शेयर खरिद गरेको छ।

न्यूट्रल जोनमा

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।