सिक्लेस हाइड्रोपावरकाे लाभांश घोषणा, बोनस पछि हकप्रद जारी गर्ने

Aug 11, 2025 11:20 AM Merolagani



सिक्लेस हाइड्रोपावर कम्पनी(SIKLES)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।