स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एसवाई प्यानलको पहिलो कारोबार?

Dec 10, 2025 10:46 AM Merolagani



मंसिर २४ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL)  को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३१९ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको स्टक टिकर (SYPNL) रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।