बैंकिङ्ग उपसमूह बढेपछि उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

Mar 19, 2026 03:13 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। बैंकिङ्ग उपसमूहको परिसूचक उच्च बढेसँगै नेप्से परिसूचक पनि उच्च अंक बढेको हो।

बिहीबार नेप्से परिसूचक ६४.६९ अंक बढेर २८७७.०३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १२ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको १ लाख ९१ हजार २५१ पटकको कारोबारमा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.१६ प्रतिशत बढेको छ। यस दिन जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढेको छ। नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।