रविको मुद्दामा अदालतद्धारा महान्यायधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश

Mar 19, 2026 05:45 PM merolagani



रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेश भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।