तीन लाख मुनि आयाे सुनको मूल्य,ताेलामै ७ हजार ८०० रुपैयाँले घट्याे

Mar 20, 2026 11:09 AM Merolagani



शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

यस दिन सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला तीन दिनदेखि सुनको मूल्य घट्दो क्रममा रहेको छ ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।