माघसम्म बैंकहरुको पर्यटन क्षेत्रमा लगानी २ खर्ब २५ अर्ब, कुन बैंककाे पर्यटन क्षेत्रमा लगानी कति ?

Mar 20, 2026 05:45 PM merolagani



नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानीमा उत्साहजनक वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१ को माघ महिनाको तुलनामा २०८२ को सोही अवधिसम्म आइपुग्दा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको छ।

तथ्याङ्कअनुसार २०८१ माघमा २० वटा वाणिज्य बैंकहरूले कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ पर्यटन क्षेत्रमा प्रवाह गरेका थिए भने २०८२ माघसम्म आइपुग्दा यो रकम बढेर २खर्ब २५ अर्ब ६६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले पछिल्लोपटक बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै कुल कर्जाको २० प्रतिशत पर्यटन क्षेत्र, लघु, घरेलु तथा मझौला उद्योग, ऊर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विश्वास र लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ। यस बैंकले २०८२ माघसम्म कुल २३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि, यसको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा मात्र ०.२८ प्रतिशतले बढेको छ।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक (२,२३७ करोड) र प्राइम कमर्सियल बैंक (२,१८० करोड) रहेका छन्।

कर्जा प्रवाहको वृद्धिदरका आधारमा हेर्दा माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो फड्को मारेको छ। यस बैंकले आफ्नो पर्यटन कर्जा लगानीमा २९.१० प्रतिशतको उच्च वृद्धि गर्दै ६ अर्ब ४२ करोड पु¥याएको छ। त्यस्तै प्राइम कमर्सियल बैंक (१७.३७%) र ग्लोबल आइएमई बैंक (१२.३२%) को वृद्धिदर पनि आक्रामक देखिएको छ।

यसको ठीक विपरीत स्ट्याण्डर्ड चार्टर्ड बैंकको पर्यटन क्षेत्रमा लगानीमा सबैभन्दा बढी २९.७६ प्रतिशतले गिरावट आएको छ भने एनआइसी एसिया बैंकको पर्यटन क्षेत्रमा लगानी पनि १५.७७ प्रतिशतले खुम्चिएको छ।

कुमारी बैंक र लक्ष्मी सनराइज बैंकको लगानीमा पनि क्रमशः ८.८३% र ४.७२ % ले गिरावट देखिएको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।