प्रतिकुल मौसमले त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित

Mar 20, 2026 05:23 PM merolagani



शुक्रबार दिउँसोको भारी वर्षाका कारण त्रिभुवन विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएको छ ।

विमानस्थलका अनुसार,आन्तरिक र बाह्य उडान अवतरणहरु प्रभावित भएका हुन् ।

देशैभरी रुन रुट मौसम प्रतिकुल हुँदा अधिकांश जहाजका उडानहरु प्रभावित भएका हुन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार, चाइना इस्टर्नको जहाज काठमाडौंमा अवतरण हुन नसकी कलकत्ता डाइभर्ट भएको छ ।

देशभर भारी वर्षा र हावाहुरीका कारण हवाइ उडान प्रभावित भएको हो ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।