‘ब्रेकआउट’ पछि के हुन्छ ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य? हेरौँ कम्पनी विश्लेषण

Mar 21, 2026 05:43 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ३.३५ प्रतिशत बढेको छ। गत साता ३७७९.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १२६.७९ अंक बढेर ३९०६.३२ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड (GLH)।

यस साता सो कम्पनीको शेयरमूल्य १४ रुपैयाँ ३० पैसा बढेको छ। गत साता २९३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

‘ब्रेकआउट’ पछि ‘प्रोफिट बुक’

यस साता कम्पनीको शेयरमूल्यले २८५ देखि २९६ को प्रतिरोध क्षेत्र तोडेर उक्लिएको छ। लामो समयदेखि २४० देखि २९५ को क्षेत्रमा कारोबार भइरहेको कम्पनीको शेयरमूल्यले यस साताको पहिलो कारोबार दिन ‘ब्रेकआउट’ गरेको हो। सोपश्चात भने कम्पनीको शेयरमूल्य घट्दो क्रममा रहेको छ। यसले लगानीकर्ताहरुले ‘प्रोफिट बुक’ गरेको संकेत गर्दछ।

लगानीकर्ताको आकर्षण

यस साता कम्पनीको शेयरमा लगानीकर्ताहरुको आकर्षण रहेको देखिन्छ। कम्पनीका मुभिङ्ग एभरेजहरु माथि रहेका छन् जसले कम्पनीको शेयरमूल्य ‘अपट्रेण्ड’मा रहेको संकेत गर्दछ। जुन लगानीकर्ताहरुका लागि सकारात्मक संकेत हो। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको रातो पिन बारले आगामी दिनमा कम्पनीको शेयरमूल्य अलिकति घटेर ‘रि–टेस्ट’ गर्ने सम्भावना पनि रहेको संकेत गर्दछ। हाल कम्पनीको टेवा क्षेत्र २८५ देखि २९६ सम्म रहेको छ भने प्रतिरोध क्षेत्र ३४३ देखि ३५९ सम्म रहेको छ।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। साताको पहिलो कारोबार दिन कम्पनीको शेयरमूल्यले उच्च भोल्यूमसहित ‘ब्रेकआउट’ गरेको थियो। सोपछिका दिनहरुमा भने कम्पनीको शेयरमूल्यमा ‘करेक्सन’ आएसँगै भोल्यूम पनि घटेको छ। यद्यपि कम्पनीको दैनिक भोल्यम औषत भोल्यमभन्दा बढी रहेको छ।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई रेखाबीचको दूरी फराकिलो रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम, एमएसिडी रेखा र सिग्नल रेखा सबै शून्य रेखाभन्दा माथि रहेका छन्। यद्यपि, साताको अन्त्यतिर कम्पनीको शेयरमूल्य घट्दा हिस्टोग्रामको उचाई भने घटेको छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनी १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो मुनाफा १ करोड ५० लाख ७४ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ करोड ७७ लाख रुपैयाँबाट बढेर २ करोड ८४ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्मा कम्पनीको सञ्चालन मुनाफा १ करोड ५२ लाख १६ हजार रुपैयाँबाट बढेर १ करोड ८८ लाख ८८ हजार रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १ लाख ४२ लाख रुपैयाँबाट घटेर ८४ हजार रुपैयाँमा सीमित भएको छ।

१ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९ पैसा रहेको छ भने बुकभ्यालु ११० रुपैयाँ ७७ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १४७.४२ गुणा र प्राइस टु बुकभ्यालु रेशियो २.७८ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ५ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २६० रुपैयाँ ९७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३२८ रुपैयाँ २० पैसा रहेको छ भने न्यून मूल्य २२७ रुपैयाँ ४० पैसा रहेको छ।

ब्रोकर ३४ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको २१ लाख ४६ हजार ५७५ कित्ता शेयर बिक्री गरी ४ लाख ८५ हजार २९४ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ५८ ले यस साता कम्पनीको ३ लाख ४ हजार ७३४ कित्ता शेयर खरिद गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।