नेप्से उतारचढावका सारथी सुनन्द श्रेष्ठका शेयर बजारमा तीन दशक

Mar 30, 2026 06:40 PM Merolagani



पूँजी बजारको ऐतिहासिक विकास क्रमको प्रत्यक्ष साक्षी हुन, सुनन्द बहादुर श्रेष्ठ । बजारको संस्थागत विकास गर्न नेपालमा पहिलो क्यापिटल मार्केटको स्थापना गर्दै शेयर बजारको विकास यात्राको सारथी बने उनी।

ललितपुरको बंगलामुखीमा जन्मिएका, आदर्श माध्यमिक विद्यालय हुँदै नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमकम गरेका श्रेष्ठले आर्थिक अनुसन्धानदेखि बैंकिङ, फाइनान्स र क्यापिटल मार्केटसम्मको अनुभव बोकेका छन् ।

 

एनआईडिसीमा उर्जाशील दशक बिताएपछि श्रीलंका मर्चेन्ट बैंक र युनाइटेड फाइनान्सको सिईओसम्मको यात्राले उनलाई पेशागत र व्यवहारिक हिसाबले परिपक्व बनायो । शेयर बजारलाई दीर्घकालीन सुरक्षा र भरोसायोग्य लगानी गर्ने सेतुको रुपमा ठान्छन उनी । आईपीओदेखि बैंक, उत्पादनमूलक र अन्य क्षेत्रमा गरेको लगानीले श्रेष्ठलाई उतारचढावबीचमा संयमित रहन सधै प्रेरित गर्यो ।

सूचक बढ्दा खुशी र घट्दा आत्तिएर खरिद बिक्रीको निर्णय उनले कहिले गरेनन्, बरु धैर्य, अध्ययन र अनुशासनलाई सफल लगानीको मूल मन्त्रको रुपमा अपनाए । अनुभव, दृष्टिकोण र सन्तुलित सोच बोकेका श्रेष्ठ नेपाली क्यापिटल मार्केटका पाइनियर हुन् । उनै सुनन्द बहादुर श्रेष्ठलाई ‘मेरो लगानी मार्केट लेजेन्डस सिरिज’मा स्वागत गर्दछौ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।