सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Mar 30, 2026 10:56 AM Merolagani



चैत १६ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५००  रुपैयाँमा कारोबार भइरहेको छ। हिजाे आइतबार बजारमा सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार बजारमा चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।