बिहीबार नेप्से परिसूचक ५.८२ अंक बढेर २७८२.१८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार १२ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख ३ हजार २२५ पटकको कारोबारमा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँबराबरको २ करोड १३ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सबैभन्दा बढी ३.०६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ७० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.७६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।