साताभर सुनको मूल्य १३ हजार रुपैयाँले बढ्यो, मध्यपूर्वकाे युद्धका कारण सुनको भाउमा उतारचढाव

Apr 04, 2026 06:27 AM Merolagani



पछिल्लो एक साताभर सुनको मूल्यमा १३ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेर उक्त दिन २ लाख ९४ हजार रुपैयाँ पुगेको हो ।

यो साताभर सुनको मूल्य हरेक दिन केही न केही रुपमा बढेको देखिन्छ । महासंघका अनुसार, गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार पुगेको थियाे । त्यस्तै, चैत १६ गते सोमबार भने सुनको मूल्यमा गिरवाट आएको देखिन्छ ।

उक्त दिन प्रतितोलामा २ हजार ५०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दुई दिन सुनको मूल्य लगातार बढिरहेको छ । त्यस्तै, चैत १७ गते मंगलबार ६ हजार ७०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियाे । चैत १८ गते बुधबार पनि सुनको मूल्य बढेको थियाे ।

उक्त दिन ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको थियो । चैत १९ गते बिहीबार भने सुनको मूल्य घटेको थियाे । उक्त दिन ३ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

शुक्रबार भने सुनको मूल्य स्थिर देखिएको छ । सुन व्यवसायीका अनुसार, पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्दै गएको हो । मध्यपूर्वी क्षेत्रको युद्ध र अन्य कारणले पनि सुनको मूल्यमा उतारचढाव आइरहेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए ।

अन्तराष्ट्रिय युद्धका कारण पनि नेपाली बजारमा सुनको मूल्यमा घटबढ भइरहेको उनी बताउँछन् ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।