शेयर बजारकाे कुरा राष्ट्रिय सभामा उठ्याे, 'शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा छ, सरकारले विशेष कदम चालोस्'

Apr 06, 2026 12:48 PM merolagani



राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरु बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाई थियो । सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले शेयर बजारमा आएको गिरावटले लगानीकर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए।

उनले भने, ‘शेयर बजारमा लगानी कर्ताले करिव ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्यागी व्यवसायी माथि गरेको एक्शनले पूँजी बजार अब बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिसनले जनाएको छ । सम्माननीय अध्यक्षज्यु, अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेकोछ । यसतर्फ सम्माननीयज्युमार्फत म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद रोकायाले पूँजी बजार अब बढन नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।