विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर दास घुस रकमसहित पक्राउ

Apr 07, 2026 12:23 PM Merolagani



सप्तरीस्थित नेपाल विद्युत् प्राधिकरण,कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्रकुमार दासलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

चार्जिङ्ग स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन छाडिदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले इन्जिनियर दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिएको हो ।

सोमबार भएको यो कारबाहीमा घुस रकमसहित पक्राउ परेका दासमाथि अहिले भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।