'१७ भाइ' मध्ये काे दुई बन्लान डेपुटी गभर्नर?

Apr 07, 2026 12:21 PM Merolagani



नेपाल राष्ट्र बैंकमा करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर आज नियुक्त हुने सम्भावना छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले १७ जना कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई नियुक्त गर्ने सम्भावना रहेकाे छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मेरिट बेस’ (कार्य सम्पादन र उच्च योग्यता)का आधारमा डेपुटी गभर्नर छनाेट गर्ने बताउँदै आएका छन् । उनले डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्न गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिएका छन् ।

गभर्नर पाैडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ। तर, हाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक कार्यरत छन्।

राष्ट्र बैंकमा अहिले नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक छन् ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।