सूचना प्रविधि उद्योगका लागि डलर कार्डको सीमा बढ्यो, ५ हजार डलरसम्म साट्न पाउने

Apr 07, 2026 08:55 PM MeroLagani



नेपाल राष्ट्र बैंकले सूचना प्रविधि तथा सञ्चार क्षेत्रका उद्योगहरूका लागि विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा केन्द्रीय बैंकबाट जारी गरिएकोे एकीकृत परिपत्र–२०८२ सार्वजनिक गर्दै सफ्टवेयर खरिद तथा अनलाइन सेवाका लागि डलर कार्डको सीमा र सुविधालाई व्यवस्थित बनाएको हो ।

नयाँ व्यवस्था अनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड प्राप्त गर्न सक्नेछन् ।

विदेशी मुलुकमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने उद्योगहरूको हकमा भने राष्ट्र बैंकले थप लचिलो नीति लिएको छ । त्यस्ता उद्योगले आर्जन गरेको रकमको आधारमा वार्षिक सीमामा थप गरी अधिकतम ५ हजार अमेरिकी डलर सम्मको सटही सुविधा पाउनेछन् ।

यो रकमबाट अनलाइनबाट सफ्टवेयर खरिद, क्लाउड स्टोरेज, सर्भर होस्टिङ सेवाको लागि भुक्तानी गर्न सक्नेछन् । यस्तो प्रयोजनका लागि छुट्टै प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।

यसअघि डलर कार्डको सीमा न्यून हुँदा नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा भुक्तानी गर्न समस्या पर्दै आएको थियो । राष्ट्र बैंकको यो पछिल्लो कदमले विशेषगरी साना तथा मझौला प्रविधि उद्योग र सफ्टवेयर विकासकर्ताहरूलाई राहत पुग्ने विश्वास गरिएको छ ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।