कोटेश्वर र महाराजगन्ज पछि अब चितवनकाे भाटभटेनी स्टोर्स खुल्ने, भोलिदेखि पुनः सञ्चालनमा आउने

Apr 09, 2026 01:59 PM Merolagani



कोटेश्वर र महाराजगन्ज पछि अब चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरस्टोर्स पुनः सञ्चालनमा आउने भएको छ । उक्त स्टाेर्स भोलि १‍० बजेदेखि सञ्चालनमा आउने भएको हाे ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा चितवनस्थित स्टोरमा पनि पूर्ण आगजनी गरिएको थियो ।आगजनीपछि पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको भाटभटेनीले जनाएको छ ।

'चैत २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ,' भाटभटेनीले भनेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।