श्रीमतीलाई नियुक्ति दिलाएको आरोप लागेका श्रममन्त्री साह भए पदमुक्त

Apr 09, 2026 03:57 PM merolagani



श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । शाहले आफ्नी श्रीमतीलाई पदीय जिम्मेवार दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।

मन्त्री साह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।