भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

Apr 09, 2026 05:47 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीवार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका हुन् । अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको पनि लामिछानेले जानकारी दिए ।

प्रवक्ता लामिछानेकाअनुसार मुद्दामा संलग्नलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई वर्गमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ । मुद्दामा उनीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको अभियोग लगाइएको छ । महरासहितका प्रतिवादीहरुले उक्त कार्यमार्फत राज्यलाई नोक्सानी पुर्याई व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको पनि प्रवक्ता लामिछानेले बताए ।

उनले भने, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो ७ करोेड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा कायम गरी जना चार विदेशी नागरिक, एक नेपाली कम्पनी र २४ जना नेपाली गरी जम्मा २९ जना उपर नागरिक मुद्दा दायर भएको छ । सार्वजनिक सम्पतीको हिनामिना हानि नोक्सानी गरि भ्रष्टाचार गरेको भन्ने नै मुद्दा हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल भनसार कार्यालयमा विदेशबाट आएको सुन ८४८० दशमलव ५१५७०४ ग्राम सुनको भन्सार छली हानी नोक्सानी, हिनामिना रुपान्तरण तथा हस्तान्तरण गरेको हुनाले त्यो सुनको कायम हुन आउने मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ र १९ पैसा छली गरेर राज्यलाई हानी नोक्सानी र व्यक्तिलाई फाइदा पुर्याएको भन्ने मुख्य आरोपसहित २९ जना प्रतिवादी उपर आरोप पत्र दायर भएको छ । मुख्य मतियारहरु र मुख्य कसुरका मतियारहरु गरेर दुइटा क्याटगोरीमा छुट्याएर आरोप पत्र दायर भएको छ ।’

२०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।