भारतीय अर्थतन्त्रमा महिलाको हस्तक्षेप बढ्यो, बैंकबाट कर्जा लिएर उद्यम गर्ने महिलाको संख्या ४५ करोड

Apr 09, 2026 06:08 PM mero lagani



भारतमा महिलाको आर्थिक अवस्था र ऋण लिने व्यवहारमा निकै ठूलो परिवर्तन आइरहेको एउटा प्रतिवेदनले देखाएको छ । 

महिला उद्यमशीलता फोरम (डब्ल्यूईपी), ट्रान्सयुनियन सिबिल र माइक्रोसेभ कन्सल्टिङले संयुक्त रुपमा तयार गरेको प्रतिवेदनले गत वर्ष सन् २०२५ मा भारतीय महिलाको क्रेडिट पोर्टफोलियो ७६ लाख करोड भारु पुगेको छ, जुन देशको कुल क्रेडिट प्रणालीको २६ प्रतिशत हो ।

क्रेडिट पोर्टफोलियो भनेको बैंक वा वित्तीय संस्थाले विभिन्न ऋणी, क्षेत्र वा उत्पादनहरूमा गरेको ऋण लगानीको कुल योग हो । जस्तो कि कुनै बैंकले दिने घर कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, सवारी कर्जा आदी सबै कर्जा मिलाएर बनेको समूहलाई नै क्रेडिट पोर्टफोलियो भनिन्छ।

उक्त प्रतिवेदनका अनुसार सन् २०१७ यता सन् २०२५ अन्त्यसम्मको ८ वर्षमा महिलाले लिएको कर्जा ४.८ गुणाले वृद्धि भएको छ । यसको अर्थ अब महिलाहरु पहिलेभन्दा बढी ऋण तिर्न र तिर्न सक्षम भएका छन् । सक्रिय महिला ऋणीको संख्या पनि हरेक वर्ष ९ प्रतिशतका दरले बढेको छ ।

प्रतिवेदनअनुसार ऋण पहुँचमा अभूतपूर्व विस्तार महिलाहरूको लागि ऋणको पहुँचमा पनि उल्लेखनीय सुधार भएको छ। यो १९ प्रतिशतबाट बढेर ३६ प्रतिशत पुगेको छ ।

रिपोर्टका अनुसार भारतमा करिब ४५ करोड महिलाले व्यवसायीक कर्जा लिएका छन् । विगतमा लघुवित्त कम्पनीहरुबाट ऋण लिएर सानो सानो व्यवसाय गर्ने महिलाहरुले पनि अहिले निकै ठूलो परिमाणमा ठूला बैंकहरुलाई कर्जा लिएर व्यवसाय विस्तार गरिरहेको रिपोर्टमा उल्लेख छ ।

ग्रामिण क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको पहुँच विस्तार गर्ने सरकारी नीति र डिजिटल क्रान्तिको प्रभावका कारण महिलामा बढाएको आत्म विश्वासले भारतीय अर्थतन्त्रलाई निकै ठूलो परिवर्तन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पहुँच अब विकसित राज्यहरूमा मात्र सीमित छैन । बिहार, उत्तर प्रदेश र दक्षिण र पश्चिम भारतजस्ता राज्यमा पनि यो तीव्र गतिमा फैलिरहेको छ । यो एक प्रमुख सामाजिक र आर्थिक परिवर्तन हो, जसले देशका हरेक कुनामा महिलाहरूलाई आर्थिक अवसरहरूसँग जोडेको छ। पहिचान, भुक्तानी, बीमा र क्रेडिट सेवाहरू जस्ता डिजिटल प्लेटफर्महरू महिलाहरूको लागि ठूलो शक्ति साबित भइरहेका छन्। यसले उनीहरूलाई औपचारिक ऋण प्राप्त गर्न सजिलो बनाएको छ र अनौपचारिक ऋणमा उनीहरूको निर्भरता कम भएको छ।

‘महिलाहरू अब ऋणी मात्र होइनन्, देशको आर्थिक स्रोतमा निर्णायक हस्तक्षेप गर्न सक्ने शक्ति हुन् र आर्थिक रूपान्तरणको नेतृत्वकर्ता पनि हुन् भन्ने कुरा यो अध्ययनले पुष्टि गरेको छ’ महिला उद्यमशीलता फोरम (डब्ल्यूईपी)की निर्देशक अन्ना रोयले भन्छिन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।