सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

Apr 20, 2026 05:55 AM Merolagani



सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ।

गत शुक्रबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ।

मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ।

वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ। त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ।

‘संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ। त्यसको लागि आवश्यक तयारी गरेर बस भनेको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।