शेयर बजार जुवा होइन, धैर्यताको प्रतिफल हो

Apr 20, 2026 06:57 PM Merolagani



काठमाडौँको कोलाहल पन्छाउँदै शिवपुरीको शितलतातर्फ अघि बढ्दै गर्दा ‘एमजी आईएम सिक्स’ प्रिमियम इलेक्ट्रिक कारको सन्तुलित यात्रासँगै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालको झण्डै तीन दशक लामो शेयर बजार अनुभव नजिकबाट बुझ्ने अवसर मिल्यो।

वि.सं. २०५६ सालमा विद्यार्थी छँदानै हिमालयन बैंकको शेयर खरिद गरेर सुरु भएको उनको लगानी यात्रा आज एउटा विशाल वटवृक्ष बनेको छ। ढकालको बुझाइमा स–सानो पूँजीलाई एकीकृत गर्दै जानु नै ठूलो सम्पत्ति निर्माणको आधार हो। बजार उच्च विन्दुमा पुग्दा होस् वा न्यून विन्दुमा झर्दा, उनी कहिल्यै विचलित भएनन्। उनी भन्छन्, ‘शेयर बजार विशाल सागर हो, यहाँ जत्रो भाँडो लिएर आयो, त्यति नै पानी भर्न सकिन्छ।’

आफ्नै गल्ती र अनुभवबाट खारिएका ढकाल, राम्रो वित्तीय अवस्था र इमान्दार व्यवस्थापन भएका कम्पनीमा गरिएको लगानीले कहिल्यै पछुताउनु नपर्ने बताउँछन्। 'शेयर बजार जुवा होइन, बरु धैर्य र अनुशासनको प्रतिफल हो',उनी भन्छन् । जसरी एमजी कारले सुरक्षित गन्तव्यमा पुर्याउँछ। ढकालको लगानी दर्शनले पनि नयाँ लगानीकर्तालाई समृद्धिको सही मार्ग देखाउँछ। नेप्से सूचकको गहिराइ नाप्ने तिनै नेपाली शेयर बजारका भ्याल्यू इन्भेष्टर ढकाललाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।






सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।