पारिवारिक विरासतका रूपमा प्राप्त व्यवसायको व्यावहारिक पक्षलाई आत्मसात गर्दै उनले त्यसलाई नयाँ आयाम र आधुनिक संरचनामा विस्तार गर्ने लक्ष्य लिए। फलस्वरुप, खेतान आज नेपालको निजी क्षेत्रमा एक बहुआयामिक र दूरदर्शी उद्यमीका रूपमा स्थापित छन्।
२९ वर्षकै कलिलो उमेरमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएका उनी ऐतिहासिक संबिधान सभा सदस्य पनि हुन् । यो सफलता उनको स्पष्ट दृष्टिकोण, नेटवर्किङ, अर्थ राजनीतिक चेत र अब्बल संगठनात्मक क्षमताको परिणाम हो । लगानीमा जोखिम सन्तुलन र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने खेतानले बैंकिङ क्षेत्रमात्र नभई उत्पादनमूलक, बीमा र शेयर बजारलगायतका क्षेत्रमा लगानी विविधीकरण गरेका छन्।
शान्त र विश्लेषणात्मक स्वभावका खेतान व्यवसायमा रणनीतिक निर्णय लिन माहिर मानिन्छन्। उनले जहिले पनि मुलुकको आर्थिक पुनरउत्थानका लागि बहस पैरवी गर्ने गरेका छन्।
बदलिँदो समयसँगै प्रविधिको महत्त्व बुझेका खेतान अहिले ‘डिजिटल वित्तीय सेवा’लाई अर्थतन्त्रको अनिवार्य हिस्सा मान्छन् । नेपालका सफल उद्यमी राजेन्द्र खेतानलाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।