महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

Apr 23, 2026 09:47 AM Merolagani



महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएका तीनवटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार उक्त नियुक्तिविरुद्ध तीन अलग–अलग रिट दर्ता भएका थिए।

अधिवक्ता माधव बस्नेत, दीपकराज जोशीलगायतले दायर गरेको रिटमा कँडेललाई महान्यायाधिवक्ताजस्तो महत्वपूर्ण पदमा नियुक्त गर्न आवश्यक योग्यता नपुगेको दाबी गरिएको छ। उनीहरूले संविधानअनुसार आवश्यक मापदण्ड पूरा नभएको व्यक्तिलाई नियुक्त गरिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य व्यक्तिलाई उक्त पदमा नियुक्त गर्न सकिने व्यवस्था छ। तर, रिट निवेदनमा कँडेलसँग निरन्तर १५ वर्षको कानूनी अभ्यास अनुभव नपुगेको आरोप लगाइएको छ।