कम्पनीले हालै भारतीय बजारमा ल्याएको मोटरसाइकल विभिन्न भेरियन्टहरूमा प्रस्ताव गरिएको छ, जुन स्ट्राइकिंग रातो र मेटालिक नीलो रंग विकल्पहरूमा पनि उपलब्ध छन् । कम्पनीका अनुसार उक्त मोटरसाइकलको शिर्ष भेरियन्टको मूल्य ९८ हजार ५५० भारतीय रुपैयाँ पर्ने कम्पनीको दाबी छ ।

सार्वजनिक भएको बाइकको अगाडिको कोल, इन्धन ट्यांकी, फेन्डर टिप, बेली प्यान, अगाडिको पांग्रा र साइड प्यानलहरुमो रहेको चम्किलो हरियो रंग र खैरो रंगको ग्राफिक्सले बनेको छ ।
२०२६ टिभीएर रेडर १२५ टीएफटी डीडी भेरियन्टमा अब पूर्ण रंगको टीएफटी डिस्प्लेले सुसञ्जित रहेको छ । सुन्तला र कालो इन्टरफेसको साथ युनिटले टर्न–बाई–टर्न नेभिगेसन, ९९ भन्दा बढी जडान गरिएको सुविधाहरुमा पहुँच र मौसम अपडेटहरु, राइड डेटा र थप कार्यहरु गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, अन्य सुविधाहरुमा हेडल्याम्प, इन्जिन कट अपको साथ साइड स्ट्यान्ड इन्डिकेटर र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) समावेश छ । बाइकमा दुवै छेऊमा डुअल डिस्क ब्रेकहरु साथै सिंगल च्यानल एबिएस (एन्टि लक ब्रेकिङ सिस्टम) पनि छ ।
यसको इन्जिनमा कुनै परिवर्तन नगरिएको कम्पनीको दाबी छ । नयाँ २०२६ टिभीएस रेडर १२५ ले उहीँ १२४.८ सीसी, सिंगल सिलिन्डर, एयर र आयल कुल्ड इन्जिन प्रयोग गर्दछ । जुन ५–स्पीड गियरबक्ससँग जोडिएको छ । यो सेटअपले अधिकतम ११.३८ पीएस पावर र ११.२ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।