प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

May 11, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५४ अंक बढेर २७४७.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको ९३ पटकको कारोबारमा १९ लाख ५० हजार ३४० रुपैयाँ ९० पैसाबराबरको ३ हजार ९४८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।