एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

May 12, 2026 10:14 AM Merolagani



नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ। यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्।

कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ। साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले उल्लेख गरेको छ।

यसका अतिरिक्त, ग्राहकहरूले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्क लगायतका सुविधाहरु प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, यस ग्रान्ड एक्सचेन्ज कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध विशेष सुविधाहरूको लाभ लिन पनि अनुरोध गरेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।