नीति तथा कार्यक्रमले अटोमोबाइल क्षेत्रलाई छोएन्, बजेटमा सच्चिएर आउने व्यवसायीको आस

May 12, 2026 03:23 PM Merolagani



सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सोमबार संघीय संसदमा प्रस्तुत गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी वर्षको देशको नीति तथा कार्यक्रममा अटोमोबाइल क्षेत्र उपेक्षामा परेको छ ।

नीति तथा कार्यक्रममा सरकारले सार्वजनिक यातायातको सुधार र व्यवस्थापन गर्ने पक्षबाहेक अटोमोबाइल क्षेत्रका मुद्दामा नीति तथा कार्यक्रम मौन देखिएको हो । अटो व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा प्रवाह, गाडी खरिदमा डाउन पेमेन्ट ‘अग्रिम भुक्तानी’ नगद कम गर्न चाहेका छन् ।

हाल उनीहरुले ४० प्रतिशतको डाउनपेमेन्टको व्यवस्थालाई २० प्रतिशतमा झार्नुपर्ने माग गरेका छन् । यसमा ६० प्रतिशत रकम भने गाडी खरिद गर्दा बखत बैंक तथा वित्तीय संस्थाबाट किस्ताका रुपमा उपलव्ध गराउनुपर्ने हुन्छ ।

डाउनपेमेन्टको सीमा कम गर्दा मध्ययम परिवारले पनि गाडी खरिदमा पहुँच हुने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपथ्र्यो । तर, उक्त विषय आगामी आवको नीति तथा कार्यक्रम आएन् ।

त्यसतर्फ अटो व्यवसायीले पनि नीति तथा कार्यक्रमले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् । ‘यसपाली नीति तथा कार्यक्रममा अटोमोबाइलको विषयमा केही पनि आएन् । बजेटमा आउँछ कि भन्ने आसा छ,’ नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपाल(नाडा) का कार्य समिति सदस्य अनुप बरालले मेरो लगानीसँग बताए ।

त्यस्तै, अटो व्यवसायीहरुले इन्धनको मूल्यवृद्धिका कारण लागत बढेकाले त्यसको सहुलियत दिनुपर्ने माग गरेका छन् ।

 

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।