प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

May 13, 2026 01:24 PM Merolagani



आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बिहान ११ बजे देखि सुरु भएको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम उपर सांसदहरुको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिनुपर्ने कार्यसूची थियो ।

तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएपछि प्रतिपक्ष दलका नेताहरुले संसदमा विरोध जनाएका थिए । प्रधानमन्त्री सहभागी नभएको भन्दै कतिपयले राजीनामा समेत माग गरेका छन् ।

प्रधानमन्त्री नआएकाे भन्दै प्रतिपक्ष दलहरुले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।