सडक सुरक्षा विधेयक संसदमा पेश गर्न संसदीय समितिको निर्देशन

May 13, 2026 02:02 PM Merolagani



सडक सुरक्षासम्वन्धी विधेयक संसदको चालू अधिवेशनमै पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाकाे पूर्वाधार विकास समितिले यस्तो निर्देशन जारी गरेको हो ।

 

सवारी यातायात सञ्चालनका सम्वन्धमा सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा विधेयकलाई संसदको चालू अधिवेशनमा पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको समिति सभापति आशिष गजुरेलले बताए ।

उनका अनुसार, चालू अधिवेशनमै मन्त्रालयले संसदमा उक्त विधेयक पेश गर्न निर्देशन दिइएको हो ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।