नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले दिए राजीनामा

May 13, 2026 04:17 PM Merolagani



नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । उनले कठिन अवस्था सिर्जना भएकाले सरकारलाई सहज रुपमा मार्गप्रशस्त गर्न बुधबार राजीनामा दिएका हुन् ।

उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा पत्र बुझाएको बुझिएको छ । राजीनमा बुझाएर भट्ट निगमको केन्द्रीय कार्यालय परिसरमा पुगेका थिए ।