करिब १ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

May 15, 2026 01:27 PM Merolagani



सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४३ किलो सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को। १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।