बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमिटेडमा सीईओ थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वास अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।